नवलपुर ।
धार्मिक पर्यन पुनरुत्थान गर्ने उद्देश्यका साथ नेपाल पर्यटन यातायात व्यवसायी संघ (गण्डकी प्रदेश) ले आयोजना गरेको परिचयात्मक भ्रमण कार्यक्रम अन्तरगत नवलपुरमा तिन दिने अभियान सम्पन्न भएको छ । नवलपुरमा मंसिर २२ गते पवित्र स्थल त्रिवेणी बाट शुरु भएको भएको थियो । कोराना भाईरसको कारण संकटमा परेका व्यवसायहरुलाई पुनरताजगी दिने र गण्डकी प्रदेश अन्तरगतका धार्मिक पर्यटनिय स्थानहरुको राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पहिचान गराउने हेतुले नेपाल पर्यटन बोर्डको प्रवद्र्धधन तथा पोखरा पर्यटन परिषद्को सहयोगमा कार्यक्रम संचालन भएको थियो ।
भ्रमणमा २०१९–०२२ का संयोजक जुद्धबहादुर गुरुङ, नेपाल पर्यटन यातायात व्यवसायी संघका अध्यक्ष बोबरजंग गुरुङ्ग र उपाध्यक्ष बाबुराम पाण्डे, पोखरा पर्यटन परीषद्का अध्यक्ष चिरञ्जिवी पोख्रेल, पुर्व अध्यक्ष डम्बर बहादुर के.सी लगायत पर्यटन व्यवसायमा आबद्ध विभिन्न व्यक्तिहरुको सहभागिता थियो । टोलीलाई नवलपुर होटल व्यवसायी संघले स्वागत एवं पर्यटकिय क्षेत्र अवलोकनका लागि सहयोग गरेको थियो । भ्रमण टोलिले नवलपुर स्थीत त्रिवेणी, नन्नपुर होम स्टे, दाउन्ने देवी को मन्दिर, देवचुली डाडो, सास्वतधाम, चितवन नेसनल पार्क र मौलाकालीका मन्दिरको अवलोकन गरेको नवलपुर होटल व्यवसायी संघले जानकारी दिएको छ ।
भ्रमणका क्रममा मङ्गलबार नवलपुरका गजेन्द्रमोक्षधाम, नन्दपुर लगायतका स्थानमा आयोजित अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सम्पूर्ण क्षेत्र एकजुट भएर अघि बढ्नु पर्ने कुरामा जोड दिएका थिए ।
गण्डकी प्रदेशका भ्रमण वर्ष २०१९–०२२ का संयोजक जुद्धबहादुर गुरुङले गण्डकी प्रदेश सरकारले नवलपुर समेतलाई समेट्दै यहाँको पर्यटकीय विकासलाई प्राथमिकतामा राखेको बताउनु भयो । प्रदेशमा दुई छिमेकी राष्ट्र भारत र चीनलाई जोड्ने गरी त्रिवेणी (कोरला सडकलाई प्राथमिकताका साथ अघि बढाइएको गुरुङले जानकारी दिनुभयो । । त्रिवेणी क्षेत्रलाई पर्यटकको प्रवेश विन्दुका रुपमा विकास गर्दै अघि बढीने उहाले बताउनु भयो ।
नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष बोबरजंग गुरुङले पर्यटनमा साझेदारी बढाउने लक्ष्यका साथ धार्मिक पर्यटन पुनः उत्थान परिचयात्मक भ्रमण राखिएको बताउनु भयो । नवलपुर क्षेत्रलाई सिधा पोखरासँग सडक सञ्जालले जोड्नु अपरिहार्य भएको बताउँदै उनले चितवन राष्ट्रिय निकुञ्जका कारण मध्यवर्तीका नाममा देखिएको समस्यालाई चाँडो समाधान गर्नुपर्नेमा जोड दिनुभयो । ।
पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्षहरू डम्बरबहादुर केसी, सोमबहादुर थापा र चिरञ्जीवी पोखरेलले यस क्षेत्रका धार्मिक पर्यटकीय गन्तव्यको मौलिकता कायम गर्दै पर्यटन बजारमा उपयोग गर्नुपर्ने आवश्यकता औंल्याए । नवलपुरलाई प्रदेशको राजधानी पोखरासँग सहज रुपमा जोड्नका लागि चितवन राष्ट्रिय निकुञ्जका कारण मध्यवर्तीका नाममा परेको समस्यालाई दीर्घकालीन समाधान गर्नुपर्नेमा जोड दिदै उहाँहरू सडक सञ्जाल सहज भएसँगै पर्यटकीय साझेदारीमा पनि टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कतिपय निकुञ्जमा बीच भागबाटै सडक सञ्चालन आएको अवस्था समेत रहेको उल्लेख गर्दै उहाँहरूले यस क्षेत्रको विकासका लागि विद्यमान बाडा अड्चन हटाउनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै नवलपुर होटल व्यवसायी संघको तर्फबाट अध्यक्ष सन्तोष रानाले धार्मिक एवम् पर्यटनिय क्षेत्रको पुनरुत्थानकालागि संचालित यो अभियानबाट आफु खुशि र सन्तुष्टी रहेको र कार्यक्रम सफलताको लागि शुभकामना पनि व्यक्त गर्नुभयो । उहाँले धार्मिक क्षेत्र जोड्न देवघाट देखि त्रिवेणी सम्म स्टीमर (पानि जहाज) व्यवस्था गर्न सरकारले पहल गर्नुपर्ने कुरामा जोड दिनु भयो ।
होटल व्यवसायी संघ त्रिवेणीका उपाध्यक्ष प्रकाश कुँवरले बाल्मीकी आश्रमलाई मध्यनजर गर्दे दुइ देशिय नाका खुलाउनको लागि पहल गर्न आग्रह गुर्न भयो ।
अन्तरक्रिया कार्यक्रममा होटल व्यवसायी संघ कावासोती उपाध्यक्ष तुलसी कडेलले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने अर्का उपाध्यक्ष यम प्र्रसाद न्यौपानेले कोरोना भाईरसको कारण होटल व्यवसायमा परेको असर प्रति चिन्ता प्रकट गर्नु भयो ।
सास्वतधाम सिजीमा भएको अन्तरक्रिया कार्यक्रममा नवलपुर होटल व्यवसायी संघ उपाध्यक्ष नारायण काफ्ले ले नवलपुरमा रहेका धार्मिक एवंम् पर्यटनिय क्षेत्रको संरक्षणमा सम्पूर्ण जिम्वेवार व्यक्तिले ध्यान दिनुपर्ने र पवद्र्धनका लागि सवै क्षेत्र एक ढिक्का भएर अगाडि वढ्नु पर्ने कुरामा जोड दिनु भयो । उहाँले नवलपुरको देवचुलीमा रहेको देवचुली डाडो एक ऐतिहासिक, दुर्लभ र धार्मिक आस्थाले भरीपूर्ण स्थान भएको जानकारी पनि दिनुभयो ।
गण्डकी प्रदेश होटल व्यवसमयी संघ वरीष्ठउपाध्यक्ष गौरी शंकर न्यौपानेले उपक्षित क्षेत्रहरुलाई सरकारबाट तदारुकताका साथ पहल गरिदिनुहुन यो अभियान मार्फत अनुरोध गर्नु भयो । त्यस्तै होटल व्यवसायी महासंघ केन्द्रीय सदस्य बालकृष्ण न्यौपाने नवलपुर–पोखरा शुरुङ्गमार्ग निर्माणका लागि सरकारले पहल गर्नुपर्ने कुरामा जोड दिनु भयो ।
तिन दिनको कार्यक्रम नवलपुरको गैडाकोट नगरपालिका स्थीत मौलाकालिका मन्दिरमा पुगेर समापन भएको होटल व्यवसायी संघ गैडाकोटका हरी क्षेत्रीले जानकारी दिनुभयो ।