१८–कात्तिक, देवचुली
पूर्व–पश्चिम राजमार्ग अन्र्तगत नवलपुरको लोकाह पुलमा शंकास्पद बस्तु फेला परेको छ ।
देवचुली र कावासोती नगरपालिकाको सिमाना रहेको लोकाहा पुलको किनारमा शंकास्पद बस्तु फेला परेको डिएसपी अर्जुन रानाभाटले बताउनुभयो। रातो कपडामा बेरिएको, टेपले बाधेर तार निकालिएको अवस्थामा शंकास्पद बस्तु फेला परेको हो ।
घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलिले घेरा हालेर सो स्थानलाई सुरक्षित बनाएका थिए । नेपाल आर्मिको बम डिस्पोजल टोली मध्यविन्दुको झ्याल्टुङ डाँडा बाट आएर करिब साढे २ घण्टामा बम डिस्पोज गरेको थियो । बिहान करिव ४ घण्टा सवारी जाममा परेका यात्रुहरु अहिले भने सवारी सञ्चालन भए सँगै गन्तव्य तर्फ हिडेका छन् ।