भिम भुसाल, देवचुली ।
हिन्दुहरुको महान पर्व हरीबोधनी एकादशीको अवशरमा देवचुली पर्वत समाजले नारायणी नदि किनारमा तोरण तार्ने, लाख बत्ति बाल्ने र चियापान गर्ने भएको छ ।
भोली (शुक्रवार) बिहान ९ बजे देवचुली नगरपालिकाको दुर्गा मन्दिर क्षेत्रबाट भजन किर्तन तथा बाजा सहित तोरण लिएर देवचुली १ केउरेनी स्थित नारायणी नदि किनारमा तोरण तार्ने भएको हो । देवचुली नगरपालिका क्षेत्र भित्रका विभिन्न सामाजिक संघ संस्था, आमा समुह, युवा समुह तथा विभिन्न धार्मिक आस्थावान स्थानियहरुको साथमा नारायणी नदि किनारमा तोरण तार्ने लाखबत्ति बाल्ने, चियापान तथा भजन किर्तन गरिने देवचुली पर्वत समाजका अध्यक्ष चोकनारायण भुसालले बताउनुभयो ।
देवचुली पर्वत समाजले हिन्दु संस्कृति र परम्परा अनुशार तोरण लिएर नगरपालिका क्षेत्रको दुर्गा मन्दिरबाट केउरेनीमा रहेको नारायणी नदिको स्नान स्थानमा लगी तोरण तार्ने छ । भजन किर्तन, पञ्चेबाजा सहित तोरण लिएर पैदल नारायणी नदिमा गएर लाख बत्ति बाल्ने, भजन किर्तन गर्ने, तोरण तार्ने, तुलसी विवाह सम्पन्न गर्ने अध्यक्ष भुसालले बताउनुभयो । साथै भुुसालले धार्मिक आस्था र पौराणीक कथन, परम्परालाई आत्मसाथ गर्ने सम्पूर्ण ब्यक्तिहरुलाई कार्यक्रममा उपस्थित भै–दिन अनुरोध गर्नुभएको छ ।
विगतको समयमा जस्तै यस पटक पनि देवचुली पर्वत समाजले नारायणी नदि किनारमा स्नान गर्न आउने भत्तजनहरुलाई पानि, दुध, फलफूल तथा चिया खुवाउने कार्यक्रम समेत तय गरेको छ ।