विद्यार्थि जिवन भनेको सबैभन्दा बढि अन्योलता रहने जिवन हो । हाम्रो जस्तो विकासोन्मुख देशका लाखौँ विद्यार्थीहरु अन्योलतामा भौतारिदा भौतारिदै खाडिमा भासिन बाध्य छन् । देशमा अस्थिर राजनिति , कमजोर आर्थिक अवस्था , महंगो उच्च शिक्षा , प्राविधिक शिक्षाका कमिका कारण लाखौ युवा विद्यार्थीहरु कक्षा १२ पछि पासपोर्ट बनाउने लामो लाइन्मा बस्न बाध्य छन् । यहाँ शिक्षालाइ व्यापार बनाउने गुणस्तरीय शिक्षा प्रदान गर्ने प्राइभेट विद्यालय तथा कलेजहरुले गरिब जनताको ढाड सेक्ने गरि शुल्क लिइरहेका छन् भने सरकारी र सामुदायिक शिक्षामा चरम लापरवाहि र फोहोरी राजनितिका कारण शिक्षाको गुणस्तरमा कमि आएको छ । विद्यालय शिक्षा , स्नातक र स्नातकोत्तर गर्न नेपालका अधिकाशं कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरुका लागि सपना जस्तो भएको छ ।
देशमा नै केहि गरौँ भन्ने वातावरण अहिले सम्म पनि सिर्जना भएको छैन् । राजनैतिक अस्थिरताका कारण वैदेशिक लगानिकर्ता डराइरहेको अवस्था छ । भुकम्प र नाकाबन्दि बाट केहि मलम पाएका नेपालि जनता कोरोनाकाका कारण अर्थव्यवस्था ध्यस्त भएको छ भने दुइ तिहाइ बहुमत्को स्थिर सरकार अहिले कुभिण्डोमा खुट्टा टेकाएको अवस्थामा पुगेको छ । यसरी चारैतिरबाट अन्योलता नै अन्योलताका कारण लाखौँ विद्यार्थीहरु अहिले हरेश खाइरहेका छन् उनिहरुलाइ मनोपरामर्शको आवश्यकता परिरहेको छ । देशमा वर्तमान् परिवेशमा बढिरहेका हत्या , हिंसा , बलात्तकार , बेरोजगारी, चोरी , डकैति , लुटपातका घटनाले नेपालमा केहि गर्ने आँट र हिम्मत नै बाकि रहेको छैन् ।
यि तमाम् अवस्थाका बाबजुद पनि कैयौँ युवा विद्यार्थिहरु देशमा नै केहि गरौँ भनेर लागि परिरहेका छन् । जसका लागि अब सरकारले शैक्षिक ऋणको व्यवस्था , युवाहरुलाइ कृषि , उद्योग , पर्यटन् , व्यवसाय , प्रविधि लगाएतका विषयहरुमा सरल रुपमा ऋण उपलब्ध गराइ देशमा नै रोजगारी सृजना गर्नुपर्दछ । भनिन्छ नेपाल यति धेरै सम्भावना बोकेको देश हो यहाँ सर्प वेच्ने पसल खोल्ने हो भने पनि मज्जाले चल्दछ । हाम्रा प्राकृतिक तथा मानविय स्रोत तथा साधनहरुको प्रयोग गरि देशलाइ आर्थिक रुपमा विकास गर्नुपर्ने वर्तमान् आश्यकता हो र यसलाइ सबैले पहिलो प्रथामिकतामा राख्नुपर्दछ । सरकारले घोषणा गरेको अनिवार्य शिक्षालइ निशुल्क नममा मात्र नभइ व्यवहारमा पनि गर्ने , उच्च शिक्षाका लागि आवश्यकता अनुसारको योजनाहरु ल्याउने र अघि बढ्न सकेको खण्डमा देशले आर्थिक क्षेत्रमा ठुलो फट्को मार्न सक्दछ । विदेशिएका युवा जनशक्तिलाइ नेपाल आऊ आऊ लाग्ने बातावरण सिर्जना गर्ने र यहाँ नै उनिहरुले सिकेका सिपहरुलाइ उपयोग गर्न सके मात्र “समृद्ध नेपाल –सुखि नेपाली ” को हाम्रो परिकल्पना सफल हुन् सक्दछ् । होइन् भने विद्यालय भर्ना हुने वित्तिकै खाडि, जापान, कोरीया लगाएतका देशका भाषाहरु पढाउन् सुरु गरे देश रेमिट्यान्सले चल्छ र हामि सधै विदेशिको गुलाम हुन तयार भए हुन्छ । यसरी हामि अन्योलतामा रहेका विद्यार्थिहरुलाइ राज्यले प्राथमिकतामा राखि अघि बढ्नु वर्तमानको पहिलो आवश्यकता हो र यो गर्नु राज्यको दायित्व हो । राज्यले केहि थोरै मात्र पनि युवाहरुका लागि कार्यक्रम ल्याउने र अघि बढ्ने हो भने शैक्षिक क्षेत्रमा ठुलो उपलब्धि हासिल हुने छ र देश समृद्धिको दिशातर्फ अघि बढ्ने छ ।
परिवर्तन् हाम्रो पालोमा सम्भव छ , जय देश जय युवा