नवलपुर । नवलपुरको बुलिङटारमा शुक्रबार जिप दुर्घटना हुँदामा एक जनाको मृत्यु भएको छ ।
पाल्पा रामपुरदेखि दलदले आउँदै गरेको लु १ ज ३७१० नं. जिप बुलिङटार गाँउपालिका ४ अत्र्ताैलीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाईते भएको जिल्ला प्रहरी नवलपुरले जनाएको छ । घाईतेहरुको उपचारका लागि दलदलेतर्फ ल्याईदै गरेको छ । जिप सडकबाट ५० मिटर तल खसेको थियो । अप्ठेरो बाटोमा फसेको जिप धकल्ने क्रममा सडकबाट तल खसेको थियो ।