• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Tue, 26, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

७७ सालमा विवाहका लगन १८ मात्रै, माघ र फागुनमा साइतै छैन

पावर संदेश
   १४ फाल्गुन २०७६, बुधबार १७:४५  मा प्रकाशित
  • 270 पटक पढिएको







  • काठमाडौं ।

    नेपालमा ज्योतिषीले दिएको साइतमा विवाह गर्ने प्रचलन छ । नेपाल पञ्चांग निर्णय समितिले निर्णय गरेपछि पञ्चांगकारहरुले आफ्नो पञ्चांगमा विवाहको साइत राख्ने गर्दछन् । २०७७ सालको नयाँ पात्रो बजारमा आइसकेको छ । बैशाख, जेठ, असार, मंसीर, माघ र फागुन महिनामा मात्रै विवाहको साइत दिइने गरिन्छ ।

    तर २०७७ सालमा माघ र फागुन महिनामा विवाहको साइत छैन । वर्षभरिमा विवाह मुहुर्त जम्मा १८ दिन मात्रै छ भने ब्रतबन्ध मुहुर्त ४ दिन मात्रै छ । बैशाखमा विवाह मुहुर्त ७ दिन छ, जेठमा ४ दिन छ, असारमा ३ दिन र मंसिरमा ४ दिन छ । ब्रतबन्ध मुहुर्त बैशाखमा २ दिन, जेठ र असारमा १-१ दिन मात्रै छ ।

    माघ र फागुनमा वृहस्पति अस्त र शुक्र अस्त हुनाले विवाह, ब्रतबन्ध जस्ता शुभकार्यको लागि कुनै पनि साइत निर्धारण गरिएको छैन । २०७७ सालमा बैशाख, जेठ, असार र मंसीरमा मात्रै विवाहका साइतहरु छन् । ब्रतबन्धको मुहुर्त बैशाख, जेठ र असारमा मात्रै छ । शुभकार्यका लागि शुभ ग्रहहरुमध्ये वृहस्पति र शुक्र अस्त भएको समय राम्रो मानिँदैन । यस्तो समयमा शुभकार्य बर्जित गरिएको छ ।

    २०७७ सालमा माघ ४ देखि फागुन २ गतेसम्म वृहस्पति अस्त र माघ ३० गतेदेखि चैतको अन्त्यसम्म नै शुक्र अस्त हुनाले माघ र फागुनमा विवाहको कुनै पनि साइत निर्धारण गरिएको छैन । त्यस्तै चैतमा पनि ब्रतबन्धको कुनै साइत निर्धारण गरिएको छैन ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
  • नवलपुर मार्ट संघको अध्यक्षमा सुनिल न्यौपाने चयन



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑